धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११ चरङ्गे खोलाको दोभानमा एक पुरुषको शव भेटिएको छ ।
आज आईतबार विहान १० बजे खोलाको बगरमा अन्दाजी ४०/४५ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शव पहिचान हुन सकेको छेन ।
शव पहिचानको लागि भन्दै किन्ताङफेदीबाट फोन आएपनि अझै शव कसको हो भनेर पहिचान नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । शव धादिङ जिल्ला अस्पतालमा रहेको छ ।











