२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदै

नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदै
सेयर गर्नुहोस्
०सेयर

नवनियुक्त मन्त्रीहरूले आज सोमबार पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गर्नुभएको थियो । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मेटमणि चौधरीले सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी शेरबहादुर कुवँरले पाउनुभएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने हिराचन्द्र केसीले पाउनु भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।