धादिङको खनियाबास गाउँपालिका वडा नं. २ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झार्लाङ घर भएका २५ वर्षिय सुनिल तामाङ र अविनाश तामाङ रहेका छन् ।

अक्थली स्थित पशुराम तामाङको घरमा कोठा भाडामा लिई अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

कोठा खानतलासी गर्दा म्याग्जिन सहितको पेस्तोल एक थान‚ खुकुरी एक थान र मोबाईल सेट तिन थान फेला पारी बरामद गरीे हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

Facebook Comments