
जिल्ला प्रशासन कार्यालय धादिङबाट १ वर्षको अवधीमा नयाँ र प्रतिलिपि गरि २४ हजार २ सय ६८ नागरिकता वितरण गरिएको छ । नयाँ ऐन पश्चात आमाको नामबाट १२ वटा, गैरआवासीय नेपाली नागरिकता २७ र जन्मको आधारमा नागरिकता लिएका बाबु आमाको सन्तानलाई १ गरि ४० जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभएको छ ।
एक वर्षे कार्यकालमा भएका कामहरुको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रमुख जिल्ला अधिकारी गैह्रेले सो कुरा जानकारी गराउनुभएको हो । यस्तै यो विचमा १० ओटा नागरिकता रद्ध गरिएको छ भने २७ जनाले नागरिकता त्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङबाट १५ हजार ३ सय ६९ राहदानी तथा ६ हजार २ सय ५६ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै ९ सय ४ वटा समावेशी सिफारिस, ४ सय ४५ वटा भारतीय पेन्सन प्रमाणित सिफारिस, ५ सय ६२ वटा नावालक परिचय पत्र वितरण, ४४ संघ संस्था दर्ता तथा १ सय २५ वटा नविकरण लगायत स्थानिय प्रशासन तथा संघ संस्था सम्बन्धी सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभएको छ ।
एक वर्षको अवधीमा २३ हजार ४ सय ३ वटा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको एक वर्षे कार्यकालमा २ सय ३५ पुरा मुद्धा मध्ये १ सय ६१ व्टा मुद्धा फछ्र्यौट गर्न सफल हुुनुभएको छ । भने ४१ वटा हातहतियार नविकरण तथा ७ वटा ब्लास्टिङको ईजाजत नवीकरण गरिएको छ । यस्तै १ सय ५१ वटा ठाडो उजुरी मुद्धा दर्ता भएको १ सय ५१ व्टै मुद्धा फछ्र्यौट भएको छ ।
भने अन्य निकायबाट आएको उजुरी मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त १६ उजुरी मध्ये ३६ वटा फछ्र्यौट भएका छन् । हेलो सरकारबाट प्राप्त ३६ उजुरी मध्ये १३ वटै फछ्र्यौट भएका छन् । यस्तै यो एक वर्षको अवधीमा शान्ती सुरक्षा, व्यवस्थापन, उजुरी तथा गुनासो व्यवस्थापन, विपद व्यवस्थापन, समन्वय र सहजीकरण अनुगमन तथा निरिक्षण लगायतका कामहरु आफुले गरेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
यस्तै कसुरजन्य सम्पत्ति व्यवस्थापन बैठक, सम्पत्ति विवरण अध्यावधिक, नदीजन्य पदार्थको अवैध र ओसार पसार नियन्त्रण, यात्रायात व्यवस्थापनमा सुधारका लागि पहल लगायतका कामलाई प्रमुख जिल्ला अधिकारी गैह्रेले मुख्य कार्यहरुमा राख्नुभएको छ ।
एक वर्षको अवधीमा गरिएको ३६ पटक अनुगमन तथा निरिक्षणमा २ सय ७० वटा व्यवसाय तथा फर्मको अनुगम गरिएको र ९३ वटा व्यवसायिक फर्मलाई कारवाही गरिएको र त्यसबाट १० लाख २५ हजार जरिवाना गरिएको र ३ लाख ६५ हजार मुल्य बराबरको म्याद नाघेको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । यस्तै एक वर्षको अवधीमा राहदानी र अन्य दण्ड जरिवाना शुल्क गरि ६ करोड ३७ लाख ५१ ह्जार ९ सय ८५ राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो ।
कार्य सम्पादनका क्रममा सेवा थपदै जानु जनशक्ति र स्रोत साधन नथपिनु, कर्मचारी टिकाउन समस्या, सफ्टवयरमा आउने सम्स्या, वडा कार्यालय बाट आउने सिरफारिस र कागजातमा हुने त्रुटि लगायतका समस्याले चुनौती थपिएको उहाँले बताउनुभएको छ ।