
बेनिघाट रोराङ गाउँपालिकाले यहि बैशाख २८ गते आयोजना गरेको चित्रकला प्रतियोगीताको नतिजा प्रकाशन गरेको छ । कक्षा ९ देखि १० सम्मका विद्यार्थीहरुलाई नेपालको ऐतिहासिक प्राकृतिक र धार्मिक सम्पदा तथा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई हाम्रो विद्यालय वातावरण भन्ने शिर्षकमा चित्र बनाउन दिईएको थियो ।
११ वट विद्यालयका विद्यार्थी सहभागी भएको नेपालको ऐतिहासिक प्राकृतिक र धार्मिक सम्पदा शिर्षकको चित्रकला प्रतियोगीतामा ४५ अंकका साथ कालिका माध्यमिक विद्यालय, विधाङका अमृत चेपाङ प्रथम हुनुभएको छ । यस्तै ४४ अंकका साथ सोही विद्यालयका अनिल बस्नेत द्धित्तिय, ४३ अंकका साथ ब्राईट फ्युचर माध्यमिक विद्यालयका मलेखुका सदिक्षा दाहाल तृतीय र ४१/४१ अंकका साथ चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारका रिदिका दाहाल र सौगात सुनार सान्त्वना हुनुभएको छ ।
यस्तै हाम्रो विद्यालय वातावरण शिर्षकमा भएको चित्रकला प्रतियोगीतामा ४५ अंकका साथ चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारका रानिश त्रिपाठी प्रथम, ४४ अंकका साथ राईजिङ स्टार बोर्डिङ स्कुल, चरौदींका पावनी थपलिया द्धितिय, ४३ अंकका साथ चन्द्रोदय माध्यमिक विद्यालय, बेनिघाटका ममता नेपाली तृतीय हुनुभएको छ ।
भने समान ४२ अंकका साथ गोईराङ आधारभुत विद्यालय, गोईराङका स्मृति फ्याली मगर, ब्राईटफ्युचर माध्यमिक विद्यालय, मलेखुका प्रमिला तामाङ, बुद्धिविकास आधारभुत विद्यालय चरौदीका रायन पाठक, कालिका आधारभुत विद्यालय मोहरियाका कुशल घले र बितेश आधारभुत विद्यालय, बितेशका भोजबहादुर चेपाङ सान्त्वना हुनुभएको छ । प्रतियोगीतामा १९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाको शैक्षिक वर्ष २०८१ को वार्षिक कार्यतालिका अनुसार विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले चित्रकला प्रतियोगीताको आयोजना गरिएको विद्यालयले जनाएको छ ।