नेकपा एमाले नीलकण्ठ नगरपालिकाको अध्यक्ष पदमा काजी श्रेष्ठले उम्मेद्वारी घोषणा गर्नुु भएको छ । यहि बैशाख २४ र २५ गते सदरमुकाम धादिङबेसीमा हुने अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुुभएको होे ।

अनेरास्वियु देखि युवा संघ धादिङको सचिव, संयोजक, युुवा संघको केन्द्रिय सदस्य हुँदै पार्टीको जिल्ला कमिटि सदस्य समेत हुनुुभएका श्रेष्ठ २ दशक भन्दा लामो समयदेखि नेकपा एमालेमा क्रियाशिल हुुनुुहुुन्छ । यतिबेला अधिवेशनको तयारी तिब्र पारिएको छ ।

नगरको सबै वडाबाट प्रतिनिधि छनोट भईसकिएको नेकपा एमाले नीलकण्ठ नगर ईन्चार्ज बेनी पाठकले जानकारी दिनुभयो । अधिवेशनमा सबै वडा, जनवर्गिय संगठन, सम्पर्क मञ्च र आयोजक गरि २ सय १५ भन्दा बढि प्रतिनिधिहरुको उपस्थिति रहने ईन्चार्ज पाठकले बताउनुभयो ।

औपचारिक उम्मेद्वारी घोषणा हुन भने बाँकी छ । अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

 

Facebook Comments