
धादिङ ।
नेकपा एमालेलाई राष्ट्रिय शक्ति हुनबाट कसैले रोक्न नसक्ने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ ।
नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सम्बोधन गर्नुहुँदै एमालेले २०८४ मा आफूले बहुमत ल्याउने दावी गर्नुभयो । समाजवादको आधार तयार गर्न एमाले एक्लै निर्णायक शक्ति हुनेभएपनि सबै बामपन्थी शक्तिहरु मिलेर समाजबाद उन्मुख निति कार्यक्रम ल्याउने गुरुङको भनाई छ ।
समाजवादको आधार तय गर्ने खालका कार्यक्रम र योजना पालिकास्तरमा बनाउन कार्यकर्तालाई अनुरोध गर्दै एमाले स्पष्ट, निति, विचार, सिद्धान्तका आधारमा नेतामुखी नभइ पार्टीमूखी हुनुपर्ने बताउनुभयो । संसरकै राम्रो र जनताले रुचाएको लोकप्रियि पार्टी भएकोले यसले चरम दक्षिणपन्थी र उग्रपन्थीसंग तालमेल नगर्ने बताउँदै उपमहासचिव गुरुङले एमाले विकासको सम्बाहक, भ्रष्टाचार निर्मूल, सुव्यवस्था कायम गर्ने पार्टीको रुपमा विकास भएको तथ्यले देखाएको दावी गर्नुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले एमालेले संगठन निर्माणका उत्कृष्ठ काम गर्दै धादिङ जिल्ला उत्कृष्ठ भएकोले अब विकासको आधारसहित अघि बढेर निर्वाचनमा समेत उत्कृष्ठता हासिल गर्ने बताउनुभयो । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडाले एमालेले जित्नेगरि संगठन निर्माण गर्दै सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले हामी जित्न सक्दैनौँ भन्ने मानसिक डर हावी भएकोले मत धेरै भएर पनि प्राविधिक रुपमा हारेको बताउनुभयो ।
मिसन ८४ मा नीलकण्ठ नगरपालिका मात्र नभइ धादिङमा १३ पालिका र १०४ वडा जितेर एमाले झण्डा पहराउने दावी गर्दै एमालेलाई हार्ने छुट नभएको बताउनुभयो । जनता र पार्टीको काम नगरि माथीको आसिर्ववादले टिकट नपाइने भन्दै त्रिपाठीले जनताका लागि काम काम गरेर टिकटले आफूलाई खोज्ने बनाउन आग्रह गर्नुभयो ।
नेकपा एमाले नीलकण्ठ नगर कमिटिका अध्यक्ष दयाराम लम्सालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, निलकण्ठ नगरपालिका इन्चार्ज बेधनिधि पाठक लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा यु-१९ भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई दोस्रो स्थान दिलाउन योगदान दिने इज्जत दनैलाई सम्मान गरिएको छ । त्यसैगरी पार्टीका सेल्टरदाता र संस्थापक तथा जेस्ठ कार्यकर्तालाई पनि सम्मान गरिएको छ ।

२ सय ३३ जना प्रतिनिधि रहेको अधिवेशनले नेकपा एमाले नीलकण्ठ नगर कमिटीको ५१ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटिको निर्वाचन गर्नेछ ।