२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ चयन

नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ चयन
सेयर गर्नुहोस्
०सेयर

नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ चयन हुनुभएको छ । शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले तामाङको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटि चयन गरेको हो ।

अध्यक्षमा चयन हुनुभएकी तामाङ धादिङ जिल्लाकै इतिहासमा पालिकाको नेतृत्वमा आउने दोश्रो महिला हुन् । यसअघि पालिका कमिटि, जिल्ला कमिटि र २०७४ सालको स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समितिको सदस्य समेत रहेकी तामाङ खनियाबास गाउँपालिका–४ की निवासी हुनुहुन्छ ।

कमिटिको उपाध्यक्षमा रविन कुमार तामाङ, सचिवमा राम प्रसाद तामाङ, उपसचिवमा रुसि तामाङ चयन हुनुभएको छ । नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ ।

यहि अभियान अन्तर्गत नेकपा एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।