१४ असार,२०७९

धादिङ – बर्खायाम सुरुभएसँगै झाडापखाला र हैजा संक्रमणको जोखिम बढेको छ । ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले पनि झाडापखला र हैजाको संक्रमणबाट बच्न सबैलाइ सचेत गराएको छ ।  पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामीहरु भेटिन थालेका छन् । उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग पुष्टि भएको हो । हालसम्म संकलन गरिएका नमुना र परिक्षण अनुसार प्रदुषीत पानीकै कारण संक्रमण भएको रिपोर्ट आएका छन् । उपत्यकाको पिउने पानीमा इकोलाइ कोलिफर्म रहेको पुष्टि भएको छ ।

झाडापखाला र हैजा हुनु प्रदूषित पानीकै कारण भएको स्वास्थ्य सम्बन्धि विशेषज्ञहरुले बताएका छन् । बर्खायामको खोला, धारा, कुवाको साथै इनारको पानी, ट्युबवेलको पानी बढि प्रदूषित देखिएको छ । अर्को अच्चमम्को कुरा त सिल गरिएको जारका पानी पनि प्रदूषित भेटिएको छ । यद्यपी फरक–फरक ठाउँमा फरक तरिकाले पानी प्रदूषित भएको पाईन्छ । सिधैं इनार, कुवा, धारा लगायतका पानी पिउने गर्दा झाडापखाला र हैजा लागेको पाइएको छ । यो रोगको संक्रमण फैलिन नदिन रोकथाम र नियन्त्रणका क्रियाकलापहरु संचालन गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विभाग, स्थानीय सरकारका साथै सरोकारवाला निकायहरु तयारीमा लाग्नु आवश्यक छ ।

झाडापखला तथा हैजाका लक्षणहरु:
१. तारान्तार पखला लागिरहने
२. शरिरका मांशपेशिहरु बौडिने
३. वान्ता हुने
४. थकान महशुस हुने
५. वेचैन हुने

झाडापखला र हैजाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।  नियमित पानी उमालेर मात्र पिउनुपर्छ । पानीमा पिउस तथा क्लोरिन ट्याबलेट प्रयोग गर्नुपर्छ । नियमित रुपमा साबुन पानीले हात धुने, खाना खानु अगाडि, फोहोर चलाइ सकेपछि र फोहोरजन्य ठाउँमा काम गरिसकेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ । खानाहरु सुरक्षित तरिकाले राख्ने, बासी र सडेगलेका खानेकुरा नखाने, संक्रमणको शंका लागेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

Facebook Comments