१९ असार
धादिङ – नेपाल र चीन विचको सम्बन्ध थप सुमधुर र विकसित बन्ने जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त महामहिम राजदुत विष्णु पुकार श्रेष्ठले बताए । चीनसँग हाम्रो सम्बन्ध सदियौंदेखि मित्रतापूर्ण छ । त्यो मित्रतालाई अझै विश्वास योग्य र विकसित मित्रताको रुपमा अगाडी बढाउने उनले बताए ।

जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका र धादिङका नागरिक संस्थाहरुले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमको सम्बोधन गर्दै राजदुत श्रेष्ठले यस्तो बताएका हुन् । म शुरुवातको चरणमा छु । म धेरै प्रतिवद्धता गर्दिन । उनले भने  मेरो पनि सिमा छन् । म एउटा प्रतिनिधि पात्र हो । मेरो देशको सरकारले मलाई कस्तो र कसरी गाइड गर्छ । त्यसमा पनि भर पर्छ । देश, सरकार, संविधानले तोकेको कानुन अनुसार मैले कुटनितिक सम्बन्ध र व्यवहार अघि बढाएर नेपाल र चीनविचको सम्बन्धमा थप सुधार ल्याउनेछु , उनले भने ।

राजदुत विचारको विक्रि गर्ने व्यक्ति हो । राष्ट्रको पहिलो सेल्सम्यानको रुपमा राजदुतलाई लिने गरिएको उनले बताए । अहिले हामीले चीनसँग विश्वास जित्नुछ । उनले भने राज्यले मलाई ठूलो अवसर दिएको छ । अवसरसँगै चीनसँग विश्वास जित्न उस्तै चुनौतिहरु पनि छन् । चीनले नेपाललाई राम्रोसँग बुझेको छ । नेपालको राजनिति कतातिर गैरहेको छ । नाका खुलाउने कुरा पनि महत्वपूर्ण छ । चीनले सामानहरु ल्याउन रोकावट गरेको छ । समुन्द्रबाट मात्र आउँछ । अध्ययनका लागि चीन पुगेका विद्यार्थीहरुले पनि समस्या भोगिरहेका छन् । यस्ता धेरै समस्याहरु छन् । त्यसैले यस्ता विषयलाई लिएर चीनसँग सम्बन्ध विस्तारमा लाग्नेछु, उनले भने ।

हामी हाम्रो संविधानले तोके अनुसार हाम्रो परराष्ट्र निति कायम रहेको छ । त्यो परराष्ट्र निति भन्दा बाहिर गएर चीनसँग काम गर्न सकिदैन । उनले भने ‘मैले मेरो देशको कानुनको सिमाभित्र रहेर काम गर्नुपर्छ । क्षेत्रफल र जनसंख्याको हिसावले नेपाल सानो होला । तर हैसियत र राष्ट्रको हिसावले चीन र नेपाल बराबर हो ।

अर्थतन्त्रमा चीन अगाडी होला, हामी कम विकसित छौ । तर हाम्रो स्वाभिमान हामीले बचाउन पर्ने हुन्छ ’ उनले भने ।धादिङ तिब्बतसँग जोडिएको जिल्ला हो । सिंगो नेपालको विकाससँगै यस जिल्लाको विकासमा तपाईहरु जस्तै मेरो पनि भूमिका रहन्छ । आफ्नो गृह जिल्ला भएका कारण पनि धादिङ प्राथमिकतामा रहेको उनले बताए । दुइ देश विचको सम्बन्ध सुमधुर बनाउन देशको कानुन पनि अनुकुल बनाएर लैजानु पर्ने हुन सक्छ । मित्र राष्ट्रले हामीलाई माया गर्ने तर हामीले त्यो मायालाई संगालेर राख्न नसक्ने अवस्थामा छौं । आफु पनि सक्षम हुनु पर्ने उनले बताए ।

चीन विश्व अर्थतन्त्रको उदयमान राष्ट्र हो । चीनले यहि गतिमा आर्थिक विकास गर्दै जाने हो भने ८/१० वर्षमा अमेरिका भन्दा पनि पहिलो तहमा पुग्न सक्ने उनले बताए । नेपाल र चीनको सम्बन्ध राम्रो बनाउन सके नेपाललाई राम्रै फाइदा हुने उनको भनाई छ ।

भिडियो हर्नुहोस् :-

Facebook Comments