आर्थिक वर्ष २०७७/२०७८ आजदेखि सकिएको छ । आर्थिक वर्ष सकिएसँगै धादिङको २ ओटा स्थानिय तहमा करारमा रहेका कर्मचारीहरुको जागिर पनि सकिएको छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूको कार्यअवधी आजदेखी सकिएको हो । धादिङको गजुरी गाउँपालिका र रुविभ्याली गाउँपालिकामा कार्यरत १ सय ८० जना करारका कर्मचारीहरुको कार्यवधी आजदेखी सकिएको हो ।

कार्यलय सहयोगीदेखि गाउँपालिकाको विभिन्न शाखामा कार्यरत करारका कर्मचारीहरुको करार सम्झौता नविकरण नहुने भएको सम्बन्धीत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाहरुले खुल्ला विज्ञापनद्वारा कर्मचारी पदपूती गर्ने निर्णय गरेको छ ।

रुबीभ्याली गाउँपालिकाले असार ९ गते एक सूचना जारी गर्दै करारमा रहेका १ सय कर्मचारीको कार्यअवधी थप नहुने जानकारी गराएको थियो ।

यस्तै गजुरी गाउँपालिकाले पनि करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको छ ।

असार १९ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी भई करारमा कार्यरत ८० जना कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले बताउनुभयो ।

 

Facebook Comments