२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रयास नेपालले गरेका कामहरु सराहनिय रहेको सरोकारवालाको भनाई

प्रयास नेपालले गरेका कामहरु सराहनिय रहेको सरोकारवालाको भनाई
सेयर गर्नुहोस्
०सेयर

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शनिबार आफ्नो २१ औं वार्षिक साधारण सभा तथा जिल्ला स्तरिय सामाजिक लेखा परिक्षण भव्यताका साथ सम्पन्न गरेको छ । धादिङवेशींमा भएको कार्यक्रममा प्रयास नेपालले गरेका काम र भावी रणनितिका विषयमा संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी गराउनु भएकोे थियो ।

यस्तै कोरोना भाईरसका कारण केही कार्यक्रमहरु संञ्चालन गर्न नसकिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो । सामुदायिक विकासका चुनौतीहरु न्यूनिकरण गर्ने कार्यमा ग्रामिण् भेगसम्म पुगी स्थानिय तहका जनप्रतिनिधिहरुसँग समन्वय र सहकार्य तथा लक्षित समुदायको सक्रिय सहभागता एकिकृत सामुदायिक योजना तर्जुमा, कार्यन्वयन तथा अनुगमन सहजिकरण गर्ने काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय अभिभावक, विभिन्न विद्यालयका शिक्षक, वालक्लवका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । जिल्ला स्तरिय सामाजिक लेखा परिक्षणमा सहभागीहरुले प्रयास नेपालले गरेका कामहरु सराहनिय रहेको बताएका थिए । दुई दशकदेखी निरन्तर लक्षित वर्ग, विभिन्न साझेदार र स्थानिय तहबाट विश्वासिलो विकास साझेदार शक्तिको रुपमा स्थान हाँसिल गर्न सक्नु प्रयास नेपालको ठुलो उपलब्धी रहेको सहभागीहरुको भनाई थियो ।

प्रयास नेपालले संञ्चालन गरेको सम्पूर्ण क्रियाकलापहरु प्रभावकारी बनेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तरताको माग राखेका थिए । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवं रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुले राखेको सुझाव तथा जिज्ञासाहरुको जवाफ संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले दिनुभएको थियो ।

प्रयास नेपाल धादिङका अध्यक्ष रेस्टन कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा २०७९ वैशाख ३० गते निर्वाचित प्रतिनिधि, पत्रकार, उत्कृष्ट साधारण सदस्य र संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा सहभागी वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपप्रमुख टापबहादुर श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले विकासको काममा प्रयास नेपालले गरेको कामको उच्च मुल्याङ्कन गर्दै स्थानिय सरकार पनि सँगसंगै हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

२०५८ सालमा स्थापना भएको गैरनाफामुलक सामाजिक संस्था प्रयास नेपालले शिक्षा, खानेपानी, वालवालिका र महिलाको आर्थिक, सामाजिक र शैक्षिक शसक्तीकरणका कामहरु गर्दै आएको छ । कार्यक्रमको रेडियो धादिङ र रेडियो राजमार्गले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।