धादिङमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुुष्टी भएको छ ।

३३ जनामा गरिएको एन्टिजेन परिक्षणमा १२ जनामा कोरोना पुुष्टी भएको हो । संक्रमण पुुष्टी हुनेमा निलकण्ठ नगरपालिकामा २, धुनिबेसी नगरपालिकामा ६ र ज्वालामुखी गाउँपालिकामा ४ जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments