धादिङका गुरुङ वडा अध्यक्षहरु सम्मानित भएका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी धादिङको पाचौं अधिवेशन तथा सम्मान कार्यक्रमको अवसरमा गुरुङ वडा अध्यक्षहरुलाई सम्मान गरेको हो ।
सम्मानितहुने वडा अध्यक्षहरुमा निलकण्ठ नगरपालिका वडा नम्बर १ का गणेश गुरुङ, वडा नम्बर २ का ध्वजबहादुर गुरुङ, वडा नम्बर १३ का सोमबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर गुरुङ, गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का राजकुमार गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का ठाकुर गुरुङ, वडा नम्बर ४ का तिलबहादुर गुरुङ, वडा नम्बर ३ का सुरेश गुुरुङ, सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शम्भु गुरुङ र रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ गरि १० जना वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धी धादिङका अध्यक्ष दोलख गुरुङको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल तमू गुरुङ विद्यार्थीका केन्द्रिय अध्यक्ष पुकार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रिय अध्यक्ष पुकार गुरुङ र विशेष अतिथि एवं तमू गुरुङ विद्यँर्थी वागमती प्रदेश प्रमुख पवन गुरुङले संगठनलाई सक्रिय बनाउँदै तमू विद्यार्थीहरूलाई आर्थिक, सामाजिक र राजनैतिक रूपमा सक्षमम वनाउँदै राज्य संचालनको तहमा पुग्न पहल गर्नुपर्ने बताउनुभएको थियो । साथै आफ्नो भाषा धर्म संस्कार संस्कृतिको संरक्षण विकास गरि प्रचार प्रसार गर्नुपर्ने वताउनुभयो ।
आगामी भाद्र २४ र २५ गते हुने ऐतिहासिक ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गईरहेको पनि जानकारी गराउनुभयो । यस्तै कार्यक्रमको अवसरमा नेपाल तमू ह्यूल छोंज धींको केन्द्रिय सचिवमा निर्वाचित गोपाल गुरुङ र सदस्यमा निर्वाचित गणेश गुरुङलाई पनि सम्मान गरिएको थियो ।
फोटो फिचर
काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन
धादिङमा कबड्डी खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक निर्णायक (रेफ्री) तालिम हुने भएको छ । धादिङ जिल्ला कबड्डी संघले तालिमको आयोजना
इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेल ठोक्किएर भएको दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् । राजधानी जकार्ता नजिकै
काठमाण्डौ उपत्यकाकामा रहेका अतिक्रमित बस्ती हटाउने क्रममा झण्डै २ हजार घरटहरा भत्काइएको छ । काठमाण्डौको थापाथली, गैरीगाउँ र भक्तपुरको मनोहरा क्षेत्रका घरटहरा हटाउँदा एक हजार
अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरु भएको दुई महिना पूरा भएको छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरु गरेका थिए
धादिङको गजुरी गाउँपालिका वडा नं. ६ आदमघाटस्थित पृथ्वी राजमार्गमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साँझ
कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–१२, पिपरहवामा रोकिराखेको ट्रकमा गए
कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ । वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको थियो । डिनरका
नेपाल मगर शिक्षक संघ केन्द्रीय समितिको आयोजनामा २०८३ सालको वार्षिक क्यालेन्डर (भित्ते पात्रो) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर शिक्षक
Facebook Comments
Dhading Update