नेपाल तमू गुरुङ विद्यार्थी धादिङको अध्यक्षमा अनिल गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न पांचौ अधिवेशनले अनिल गुरुङको अध्यक्षतामा २१ सदस्सीय नव गठित समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा मनु गुरुङ चयन हुनुभएको छ । यस्तै संगठन विभाग प्रमुखमा निशान गुरुङ, महिला विभाग प्रमुखमा हरिमाया गुरुङ, शैक्षिक विभाग प्रमुखमा अमृत गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा पृथ्वी गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा प्रशान्त गुरुङ चयन हुनुभएको छ ।

नवगठित कार्य समितिले भाद्र १८ गते शनिबार बैठक बस्ने निर्णय पनि गरेको छ ।



 

Facebook Comments