२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

स्थानियको विकासका लागि आफु पुनःउम्मेदवार : डा.अधिकारी

स्थानियको विकासका लागि आफु पुनःउम्मेदवार : डा.अधिकारी
सेयर गर्नुहोस्
०सेयर

नेकपा एमाले धादिङ क्षेत्र नम्वर २ (२) को प्रदेश सभा सदस्यका उम्मेदवार डा.रामकुमार अधिकारीले स्थानियको विकासका लागि आफु पुनःप्रदेशसभामा उम्मेदवार भएको बताउनुभएको छ । मंगलवार नीलकण्ठ नगरपालिका वडा नं ७, ८ र ९ मा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार डा.अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले अघिल्लो आफ्नो कार्यकालमा शुरु गरेका गाउँका विकास निर्माणका गतिविधिहरुलाइ पुरा गराउने विश्वास दिलाउनुभयो । अधिकारीले विगतमा जसरी विश्वासका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेकपा एमालेले गाउँको विकास अभियान शुरु गरेको कारण आगामी निर्वाचनमा पनि एमालेले जित्नुपर्ने आवश्यकता रहेको भन्दै सबै मतदाताहरुलाई विकासको लागि सूर्यमा मतदान गर्न आव्हान गर्नुभयो। मतदाताले डा.अधिकारीलाई जनताको लागि विकासका काम गर्न माग गरेका छन् ।

मतदाताले आफ्नो मत आफैले दिने व्यवस्था गर्नको लागि समेत आग्रह गरेका छन् ।कार्यक्रममा नेकपा एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।