२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

समानुपातिकको करिब ८ लाख मत गन्न बाँकी, नेकपा एस बन्ला राष्ट्रिय पार्टी ?

समानुपातिकको करिब ८ लाख मत गन्न बाँकी, नेकपा एस बन्ला राष्ट्रिय पार्टी ?
सेयर गर्नुहोस्
०सेयर

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सबै परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्र अनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान अर्थात सङ्ख्या निर्धारण गर्नेछ ।

आयोगका अनुसार अब समानुपातिक तर्फ करिब ८ लाख मत गणना बाँकी रहेको छ । आयोगको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात एक करोड नौ लाख ७३ हजार २७ मत खसेकामा अब करिब ८ लाख मतगणना बाँकी रहेको देखिएको हो । आयोगको पछिल्लो अद्यावधिक विवरण अनुसार अहिलेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

हालसम्म एमालेले २७ लाख २२ हजार ८ सय ३३ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस २५ लाख ८६हजार ६ सय ८० मतसहित दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले ११ लाख ५३ हजार ५ सय १६ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७ सय ९० मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४ सय ६, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९ सय ६४ र जनमत पार्टीले ३ लाख ७६ हजार २ सय ११ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले भने हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ । यो कुल गणना गरेको मतको २ दशमलव ८५ प्रतिशत मात्रै हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।