२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल विद्युत् प्राधिकरणको खुद नाफा तीन महिनामै साढे ८ अर्ब रुपैयाँ

नेपाल विद्युत् प्राधिकरणको खुद नाफा तीन महिनामै साढे ८ अर्ब रुपैयाँ
सेयर गर्नुहोस्
०सेयर

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । साउन, भदौ र असोजसम्मको वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।

सो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरण ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) खुद नाफा कमाउन सफल भएको हो । सरकारी स्वामित्वका कम्पनीमध्ये प्राधिकरणको यो नाफा सबैभन्दा धेरै हो । प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ ।

आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको र खर्च समेत नियन्त्रण गरिदा उल्लेख्य नाफा कमाउन प्राधिकरण सफल भएको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।