२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै
सेयर गर्नुहोस्
०सेयर

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ।

सभामुखले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको संसदलाई जानकारी गराउनेछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।