
माघ ७, धादिङ ।
जिल्ला अस्पताल धादिङमा विशेष नवशिशु स्याहार केन्द्र संचालनामा ल्याएको छ । विशेष नवशिशु स्याहार केन्द्रको शनिबार एक कार्यक्रमको बिचमा उद्घाटन गरिएको छ ।
केन्द्रको शनिवार जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले उद्घाटन गर्नुभएको हो । केन्द्रको उद्घाटन गर्नुहुदै नेपालले शिशु स्याहार केन्द्रलाई व्यवस्थित रुपमा संचालन गर्न आग्रह गर्नुभयो । नवशिशु स्याहार केन्द्रमा जन्मेदेखि २८ दिन भित्रका शिशुहरुको विषेश स्याहार तथा उपचारको व्यवस्थाा रहेको अस्पतालले जनाएको छ ।
नवजात शिशुहरुको मृत्युदर घटाउने उद्देश्यले विषेश नवशिशु स्याहार केन्द्रको स्थापना गरिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।