
बैशाख ८
धादिङ – प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको कार्यवाहाक अध्यक्षको जिम्मेवारी श्री हजुर सिलवाललाइ दिएको छ । शुक्रबार सदरमुकाम धादिङबेसीमा बसेको प्रेस चौतारी जिल्ला समिति धादिङको बैठकले सिलवाललाइ उक्त जिम्मेवारी दिएको हो ।
वर्तमान अध्यक्ष सानुबाबु तिमिल्सिना आफ्नो व्यक्तिगत कामले केहि समय विदेश जान लागेको जानकारी समितिलाइ गराएको हुँदा जिल्ला समिति धादिङका उपाध्यक्ष सिलवाललाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । धादिङ जिल्लामा कुल ६५ जना प्रेस चौतारीका सदस्यहरु रहेका छन् ।
प्रेस चौतारी जिल्ला समिति धादिङको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका सिलवाल पत्रकारीता क्षेत्रमा लामो समयदेखि निरन्तर काम गरिरहेको छ । हाल काठमाडौंलाइ कर्मथलो बनाएर बाह्र खरी डिजिटल अनलाईन पत्रिकामा काम गरि रहनुभएको छ ।