भाद्र २३
आजदेखि भारतको दिल्लिमा जी– २० सम्मेलन सुरु भएको छ । सम्मेलन २३ र २४ भाद्र गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । यस सम्मेलनमा २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वमा देखिएका साझा समस्याहरुलाइ समाधान गर्न सबै मिलेर अघि बढ्ने जनाएको छ ।
जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् । कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेको थियो ।
यति ठूलो सम्मेलनमा विश्वका शक्तिशालि राष्ट्रका प्रमुखहरु मध्ये चीनका राष्ट्रपती र रुसका राष्ट्रपती भने सहभागी भएका छैनन् । यी दुई देशका राष्ट्रप्रमुखहरु सहभागी नहुनुलाइ पनि विश्वले चासोका साथ हेरिरहेका छन् ।