
जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आज नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी गाउँपालिका वडा नम्बर २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
संसद्का दुवै सदनबाट पारित नेपाल नागरिकता संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरेसँगै एनआरएनहरूका लागि नागरिकता लिने बाटो खुलेको थियो । सरकारले केही अघि यसका लागि आवश्यक नियमावली पनि राजपत्रमा प्रकाशित गरिसकेको छ । नियमावलीअनुसार जिल्ला प्रशासन कार्यालयहरुले गैरआवासीय नेपाली नागरिकता दिने प्रक्रिया पनि सुरु गरिसकेका छन् ।