२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै

तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुँदैछ ।

यो सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले गाडीको आवागमन ५ घण्टा रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यो समयमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल