शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ४८ पुरुष र १८ महिला गरि ६६ जनाले रक्तदान गरेको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाका प्रमुख सिताराम अर्यालले जानकारी दिनुभयो ।

कम्पनीले वार्षिक उत्सवको अवसरमा देशैभर रक्तदान कार्यक्रम गरेको छ ।

Facebook Comments