२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्वालामुखी गाउपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शमिभन्ज्याङ मा.वि ले जित्यो

ज्वालामुखी गाउपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शमिभन्ज्याङ मा.वि ले जित्यो

ज्वालामुखी गाउपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शमिभन्ज्याङ माध्यामिक विद्यालयले जितेको छ । ९ स्वर्ण ,२ रजत र ३ कास्य पदक सहित शमिभन्ज्याङ मा.वि प्रथम भएको हो ।

मंसिर ३० गतेदेखि आज सम्म संचालन भएको प्रतियोगितामा सुनखानी मा.वि ६ वटा स्वर्ण, ४ रजत र ८ वटा कास्य पदक सहित द्धितीय भएको र त्रिपुरासुन्दरी मा.वि ६ स्वर्ण ,४ रजत र ३ कास्य पदक सहित तृतीय भएको पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले जानकारी दिनुभयो ।

त्यस्तै बालादेवी मा.वि ले ३ स्वर्ण ,३ रजत र २ वटा कास्य पदक, बराहकालिका मा.वि ले २ स्वर्ण ,५ रजत र ५ वटा कास्य पदक, अन्नपूर्ण मा.वि ले १ स्वर्ण ,३ रजत र २ वटा कास्य पदक, संस्कृति तथा साधारण मा.वि ले २ स्वर्ण ,१ रजत, सालबास मा.वि ले २ रजत र ५ वटा कास्य पदक, भुवनेश्वरी मा.वि ले १ स्वर्ण ,१ रजत, कालिका मा.वि ले ४ रजत र ठुलोचौर मा.वि ले १ रजत प्राप्त गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।