२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पताललाई एक सय शय्याको बनाउने बागमती प्रदेशको निर्णय

धादिङ अस्पताललाई एक सय शय्याको बनाउने बागमती प्रदेशको निर्णय

बागमती प्रदेश सरकारले धादिङ अस्पताल सहित प्रदेश अन्तर्गतका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । हेटौँडा अस्पताल र भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ भने धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरिएको हो ।

यस्तै बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूका लागि १ हजार ६६९ जना कर्मदारीको सङ्गठन संरचना समेत स्वीकृत गरेको छ ।

धादिङ अस्पतालको ४७ औं वार्षिक उत्सवका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ अस्पताललाई एक सय शय्याको बनाउने बताउनुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।