२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेसींमा हुने तमु ल्होसार कार्यक्रमको बागमती प्रदेशका आर्थिक मन्त्री लामाले उद्घाटन गर्ने

धादिङबेसींमा हुने तमु ल्होसार कार्यक्रमको बागमती प्रदेशका आर्थिक मन्त्री लामाले उद्घाटन गर्ने

धादिङका गुरुङ समुदायले धादिङबेसींमा तमु ल्होसार भव्य रुपमा मनाउने भएका छन् । तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङले पौष १५ गते भव्य रुपमा ल्होसार मनाउन लागेको हो । ल्होसारको प्रचार प्रसारलाई तिव्र बनाईएका छ ।

धादिङबेसीं स्थित क्रिक रिसोर्टमा हुने ल्होसार कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शंकर बहादुर गुरुङले जानकारी दिनुभयो ।

धादिङबेसींको पुछार बजार देखि कार्यक्रम स्थल सम्म विविध गुरुङ संस्कृति झल्कीने झाँकी सहितको ¥याली पनि हुने अध्यक्ष शंकर बहादुर गुरुङले बताउनुभयो । गुरुङ जातीले यो वर्ष हि–ल्हो बिरालो वर्गलाई विदाई र मुप्रि–ल्हो (गरुड) वर्गलाई स्वागत गर्दै ल्होसार पर्व हर्षाे उल्लासका साथ मनाउँदैछन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।