राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा सजाएर राख्ने घोषणा गर्नुभएको छ । ।
पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।
मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने घोषणा गर्नुभएको हो ।











