नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजं) जिल्ला शाखा धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ र सदस्य चिनो सारु मगर प्रति भएको घटना प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटि धादिङको नवौं जिल्ला अधिवेशनको समाचार संकलन गर्ने क्रममा केहि व्यक्तिहरुबाट युटुबरको संग्या दिंदै दुव्र्यव्हार गरेको घटनाप्रति फोनिज धादिङको गम्भिर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्न समाचार संकलन गर्ने र प्रकाशन/प्रशारण गर्ने कार्यमा पत्रकारलाई रोक लगाउनु, अभद्र व्यवहार तथा गालिगलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको पत्रकारलाई पेशाप्रति हतोत्साहि बनाउने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ धादिङ घोर निन्दा र भर्तसना गर्दछ सचिव रेखबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यस्तै नेपाल पत्रकार महासंघ धादिङले पनि घटना प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको छानविन गरी दोषी माथि कानूनी कारवाहि गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।

बन्दसत्र सुरु भएलगतै मुठभेट र हुलदङ्गा हुन थालेपछि एमाले धादिङको पार्टी कार्यालयस्थित बन्दसत्र परिसरमा पुग्नुभएका पत्रकार श्रेष्ठ माथि एमालेका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए । अर्जुन श्रेष्ठ विगत एक दशकभन्दा बढि समयदेखि धादिङमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकार श्रेष्ठ नेपालपथ डटकमका सम्पादक, नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता र रेडियो धादिङका कार्यक्रम संयोजक हुनुहुन्छ ।

Facebook Comments