२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले धादिङमा आजदेखि प्रदेश स्तरिय ट्राफिक सप्ताह सुरु

दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले धादिङमा आजदेखि प्रदेश स्तरिय ट्राफिक सप्ताह सुरु

धादिङमा आजदेखि प्रदेश स्तरिय ट्राफिक सप्ताह सुरु भएको छ । दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सुरु भएको ट्राफिक सप्ताहको आज नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्नुहुँदै प्रमुख ढुङ्गानाले दुर्घटना न्यूनिकरण गर्न मानिस आँफै सचेत हुनुपर्ने बताउनुभयो । जब सम्म मानिसमा सचेतना आउँदैन तब सम्म दुर्घटना न्यूनिकरण नहुने उहाँको भनाई थियो । विद्यालयका पाठ्यक्रमा पनि ट्राफिक नियमबारे पठकपाठन गरिनुपर्ने बताउनुभयो ।

सवारी दुर्घटनाका कारण, न्यूनीकरणका उपाय लगायतका बिषयवस्तुलाई समेटी स्थानीय तहले एउटा विद्यालय पाठ्यक्रम नै बनाएर सचेतना फैलाउनुपर्ने बताउनुभयो । दिनानु दिन अकालमै संयौ मानिसको सडक दुर्घटनामा मृत्यु हुने भएकोले सचेतनाका कार्यक्रमहरु गर्दै जानुपर्ने बताउनुभयो ।

ट्राफिक सप्ताहमा विद्यालय, टोल टोलमा पुगेर ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । धेरै दुर्घटना हुने धादिङ जिल्ला पनि एक भएकोले पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको ८७ किलो मिटर राजमार्ग भित्र यात्रु, सवारी चालक, सहचालकहरुलाई ट्राफिक शिक्षा प्रदान गर्ने लगायतका कार्यक्रमहरुको रहेको उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको सहकार्य तथा समन्वय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो ।

सप्ताहको पहिलो दिन आज पुछारबजारदेखि सिरानबजारको दही चौतारासम्म प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रभात फेरीमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालयका शिक्षक, विद्यार्थी जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।