धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा रुख काट्ने क्रममा आराले लागेर एकजनाको मृत्यु भएको छ ।

अमरावति सामुदायिक वन गोडमेल गर्ने क्रममा लाईनबाट चल्ने आराले उछिट्टिएर लाग्दा स्थानिय ३८ वर्षिय राज कुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आराले पेट र छातीको बाँया पट्टिको भागमा काटिएको थियो । गम्भीर घाईते  भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comments