२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी

नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी

पटक पटक स्थगित भएको नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्द सत्र अन्ततः निर्वाचन प्रक्रियाबाट छिनोफानो भएको छ । जिल्लामै पहिलो पटक विद्युतीय भोटिङ मेसिनको प्रयोग गरि गरिएको निर्वाचनमा भुमि त्रिपाठी र डा.रामकुमार अधिकारी चुनावी मैदानमा होमिएका थिए ।

अधिवेशनबाट नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी विजयी हुनुभएको छ । त्रिपाठीले ३०९ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा अर्जुन श्रेष्ठ(गोर्खाली) ले ३१५ ल्याउदा उहाँका प्रतिद्वन्द्वी रामकुमार आचार्य २३२ ले मत ल्याउनुभयो । सचिवमा राधिका सापकोटाले ३३८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २०९ मत प्राप्त गर्नुभएको छ ।

महिला उप सचिवमा उर्मिला रेग्मीले ३५१ ल्याउदा खुपी कुमारी तामाङले १९६ ल्याउनुभएको छ । खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८मत ल्याउदा उनका प्रतिद्वन्द्वी काजी श्रेष्ठले १९९ मत प्राप्त गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।