धादिङमा फागुन १३ गतेदेखि सुरु भएको पहिलो चरणको दादुरा–रुबेला रोग बिरुद्धको खोप अभियान आज सकिएकोे छ ।

पहिलो चरणमा धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा खोप अभियान संचालन भएको थियो । खोप अभियान अन्तरगत आज जिल्लाको २ वटा स्थानीय तह अन्तर्गतका ४ खोप केन्द्रबाट दादुरा रुबेला विरुद्धको खोप लगाईएको छ । आज १६ बालिका र १४ बालक गरेर जम्मा ३० जना ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाले खोप सेवा प्राप्त गरेका छन् ।

अहिले सम्म पहिलो चरण अन्तरगत सञ्चालन भएको खोप अभियानमा १२ हजार ८ सय ५८ बालबालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ९ महिना देखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाइ फागुन १३ देखि चैत ७ गतेसम्म दुइ चरणमा खोप अभियान संचालन हुनछ ।

यस्तै दोस्रो चरणको अभियान फागुन २२ देखि २८ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकमा संचालन हुने सवस्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments