धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा आज शनिबारदेखि पुनः हाट बजार सञ्चालनमा आएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र लहरेपाखा सामुदायिक वनले संयुक्त रुपमा हाटबजार सञ्चालनमा ल्याएकोे हो ।

कोरोना र कृषकहरुमा जनचेतना जगाउन नसकेको कारण तथा तयारी अपुगका कारण विचमा हाटबजार सञ्चालनमा आउन नसकेको वडा अध्यक्ष बराईलीले जानकारी दिनुभयो । हाटबजारलाई नियमित सञ्चालन गर्नको लागि वडाले कृषिका लागि आवश्यक बजेट विनियोजन गर्ने, कृषि प्रर्वद्धन कार्यक्रमलाई आवश्यक तयारीहरु सबै पुरा गरेकोले हाटबजार आगामी दिनमा नियमित सञ्चालन हुने वडा अध्यक्ष बराईलीले बताउनुभयो ।

वडाभित्रका स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफूल, पशुजन्य वस्तुहरु बिक्रीको लागि हाट बजारमा राखिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याईएको हो । हाटबजारले कृषिमा व्यावसायिकरण, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्न सहयोग मिल्ने वडा अध्यक्ष बराईलीले बताउनुभयो ।

हाट बजारमा सहभागी कृषकहरुले उत्पादनको बजारीकरण र प्रवद्र्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्न पाउने वडा अध्यक्ष बराईलीको भनाई छ । पछिल्लो समय सल्लेघारीमा पिकनिक खाना र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहलले हाट बजारमा उत्पादित वस्तु विक्री गर्न कृषकहरुलाई सहज हुने बताउनुभयो ।

 

Facebook Comments