सडक दुर्घटनामा परेर जापानमा एक नेपाली युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाण्डौंका अमित श्रेष्ठ रहेका छन् । श्रेष्ठ आँफैले चलाएको मोटरसाईल विपरित दिशाबाट आईरहेकोे सवारी सँग ठोक्कीएर दुर्घटना भएको जापानबाट सञ्चालन हुने विभिन्न नेपाली अनलाईन सञ्चार माध्यमले जनाएको छ ।

मृतक श्रेष्ठ सन् २०१८ मा विद्यार्थी भिषामा जापान पुगेका थिए । शवलाई नेपाल ल्याउने तयारी भईरहेको जनाईएकोे छ ।

 

Facebook Comments