पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र महिलाहरु पाठेघरको मुखको क्यान्सर सम्बन्धि समस्या लिएर चिकित्सकका पुग्ने गर्छन् । जसका कारण उक्त रोगको उपचार गर्न चिकित्सकलाई निकै कठिन हुने गर्छ । जबकी समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुन्छ ।त्यसका लागि निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ ।
१. २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ । धेरै जसो महिलालाई ५० को दशकमा क्यान्सरबारे थाहा हुने गर्छ । त्यो भन्दैमा ६५ वर्ष भन्दा माथिका महिलालाई क्यान्सरको जोखिम कम हुन्छ भन्ने हैन । ६५ वर्ष माथिका महिलालाई पनि यसको खतरा बढी हुने गर्छ ।
२. यसको जाँच २१ वर्षदेखि सुरु गर्नुपर्छ र प्रारम्भिक चरणमै सर्भाइकल क्यान्सर पत्ता लगाउनको लागि हरेक तीन वर्षमा यसको जाँच जरुरी छ ।
३. यो जाँच २१ वर्ष भन्दा कम उमेरका मानिसमा त्यति लागु हुदैन । तर यदी तपाई २१ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ र सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने चाहि यो जाँच तपाइको लागि पनि अनिवार्य ।
४ हरेक पाँच वर्षमा कम्तीमा एक पटक एपीवी र पीएपी टेष्ट गराउन आवश्यक छ । कुनै पनि लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्न आवश्यक छ ।
५. कुनै महिला जसको गर्भासय निकालिएको छ, जसको सर्भाइकल क्यान्सरसित कुनै लनदेन छैन, वा उसलाई सर्भाइकल क्यान्सरको कुनै खतरा छैन, उनीहरुका लागि भने यो जाँच आवश्यक छैन ।
६. सर्भाकल क्यान्सर सम्बन्धि कुनै पनि जाँचका लागि डाक्टर वा नर्स अनिवार्य छ । उनीहरुले पाठेघरको मुनी रहेको सभिक्सको कोषिकालाई लिएर माइक्रोस्कोपीक टेष्ट गरिन्छ । सामान्यतया, सर्भाइकल क्यान्सरका लागि दुई वटा टेष्ट आवश्यक छ , जसमा प्याप स्मेयर टेष्ट तथा लिक्विड वेस्ड साइटोलोजी सामान्य मानिन्छ ।
७. यदी कुनै महिलाले सर्भाइकल क्यान्सर विरुद्धको खोप लगाएको छ भने पनि चिकित्सकको सुझाव पश्चात्त उनीहरुले पनि यसको जाच गराउन आवश्यक छ ।
८. जो मानिस क्यान्सरको जोखिममा छ वा उसको परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनीहरुले पनि बेला बेलामा यो जाँच गराउन आवश्यक छ ।
कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?
पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउन थाल्यो भने यसमा शंका गर्नुपर्छ । किनभने सुरुवाती अवस्थामा यस्तै लक्षण देखिन्छ । यो लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
– धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा
– सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा
– सानै उमेरमा बच्चा जन्माएमा
– लामो समयसम्म -५बर्ष भन्दा बढी हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा ।
हार्माेनयुक्त परिवार नियोजनका साधन ३,४ बर्षको बीचमा केही समय रोकेर पुन प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीचबीचमा साधन परिवर्तन गर्नुपर्छ ।
रोग लागेको कसरी थाहा पाउने ?
१. यौन सम्पर्क गर्दा रगत देखिने
२. महिनावारी नभए पनि रगत देखिने
३. सेतो गन्हाउने पानी आउने
७. लामो समयसम्म खोकी निको नहुने
९. दिशा वा पिसाबको तालिका फरक हुने