बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका दमन भण्डारी विजयी हुनुभएको छ । वैशाख १५ गते भएको उप निर्वाचनबाट भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मतसहित तेस्रो हुनुभयो । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएर चाैथाे स्थानमा रहनुभयाे ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन परिणामको आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।  २०७९ सालको चुनावमा गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी हुनुभएको थियो ।उहाँकाे दुर्घटनामा निधन भए पछि बैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

Facebook Comments