१५ बैशाख – २०२३ अक्टोबर ७ तारिकमा प्यालेस्टाइन समर्थीत विद्रोहि समूह हमासको आक्रमबाट इजरायलमा करिब १ हजार ३०० जनाको मृत्यु भएको थियो । साथै करिब २५० जना इजरायली र विदेशी नागरीकलाइ बन्धक बनाएको थियो । जस मध्ये करिब १०० जनालाइ गत नोभेम्बरमा भएको एक हप्ताको युद्धविरामको क्रममा रिहा गरिएको थियो । इजरायलले अझै पनि करिब १५० जना हमासको नियन्त्रणमा रहेको र केहिको मृत्यु भएको अनुमान गरेको छ । हमासको आक्रमणमा परि १० जना नेपाली युवाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।
हमासको उक्त अप्रत्यासित आक्रमण पछि इजरायलले हमास विरुद्ध गरेको जवाफी कारबाहीमा पछिल्लो जानकारी अनुसार ३४ हजार ३८८ जना प्यालेस्टाइनीको मृत्यु भएको र ७७ हजार ४३७ जना घाइते भएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले हमास विरुद्धको युद्धमा सफल भएको र हमासको शक्तिलाइ सधंैको लागि नष्ट गरिदिने अठोट सहित विभिन्न चरणमा हमास विरुद्ध कारबाहिहरु जारी राखेको छ ।
यता इजरायलले गाजामा तत्काल युद्ध रोक्नुपर्ने भन्दै इजरायलमै दिनहु जसो इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुको विरुद्ध विरोध प्रदर्शनहरु भईरहेको छ । साथै इजरायलले गाजा युद्धका क्रममा अन्र्तराष्ट्रिय मानव अधिकारको उल्लंघन र युद्ध अपराध गरेको भन्दै अन्र्तराष्ट्रिय समुदायले विभिन्न फोरमहरुमा आवाज उठाउन थालेको छन् । त्यसै क्रममा दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा गाजामा इजरायलले नरसंहार गरेको भन्दैे इजरेलविरुद्ध केहि महिना पहिले हालेको मुद्दा अहिले चलिहरेको छ ।
संयुक्त राष्ट्रसंघले गाजामा करिब ६ लाख मानिस भोकमरीको समस्याबाट गुज्रने जनाएको छ । युद्धग्रस्त दक्षिणि गाजामा पर्याप्त मात्रामा सहायता सामाग्री उपलब्ध गराउन सकेको छैन । युद्धका कारण उत्पन्न सम्भावित भोकमरी तथा खाद्यान्न संकटबाट गर्भवती महिला, बालबालिक र बृद्धहरु बढी प्रभावित हुने अनुमान गरिएको छ ।
गत बर्षको अक्टोबर ७ देखि जारी युद्ध रोक्न अमेरीका, कतार र इजिप्टिका मध्यस्तकर्ताहरुले पटक—पटक वार्ता गरे पनि अझैसम्म साझा सहमति हुन सकेको छैन । इजरायल गाजा युद्ध पछि इजरायलको छिमेकी देशहरु लेवनन, सिरिया, टर्की र इरानसंगको सम्बन्ध झन बिग्रदै गएको छ । यस कारण पनि युद्धले अर्को रुप लिन सक्ने आंकलनहरु पनि हुन थालेका छन् । इजरायल गाजा युद्धका विषयमा विश्वका विभिन्न देशहरु पक्ष र विपक्षमा उभिएका छन् ।