२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिंगापुरका ५ वर्षिय बालक पैदल हिडेर सगरमाथाको आधार शिविर पुगे, राखे किर्तीमान

सिंगापुरका ५ वर्षिय बालक पैदल हिडेर सगरमाथाको आधार शिविर पुगे, राखे किर्तीमान
सेयर गर्नुहोस्
०सेयर

सिंगापुरका एक ५ वर्षिय बालकले नेपालको सगरमाथाको आधार शिविर पुुगेर किर्तीमान कायम गरेका छन् ।

लुक्लाबाट ८ दिन पैदल हिडेर एभरेष्ट बेस क्याम्प पुुगी ५ वर्षिय अब्यान ईम्तियाज ईर्किजले किर्तीमान कायम गरेका हुन् । ५ हजार ३ सय ६४ मिटर सम्मको यात्राको व्यवस्थापन ग्लोरियस ट्रेकिङ हिमालयन प्रा.लि. काठमाण्डौंले गरेको थियो । यस अघि सिंगापुरका ६वर्षिय बालक लुक्लाबाट हिडेर सगरमाथाको आधार शिविर पुुगेका थिए । तिनै बालकको किर्तीमान ५ वर्षिय अब्यान ईम्तियाजले तोडेको ग्लोरियस ट्रेकिङ हिमालयन प्रा.लि. काठमाण्डाका प्रवन्धक गणेश गुरुङले बताउनुुभयो ।

अन्य वालवालिकाहरु १०/१२ दिन लगाएर सगरमाथा आधार शिविर पुग्ने गरेको भएपनि अब्यानले ८ दिनमै आधार शिविर पुुगेर किर्तिमान कायम गरेको उहाँले बताउनुुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनमा सिंगापुरका ५ वर्षिय वालकले राखेको यो किर्तीमानले ठुलो महत्व राख्ने प्रवन्धक गुरुङले बताउनुुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।