२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

देशभरका हुलाकका करार कर्मचारी अन्यौलमा

देशभरका हुलाकका करार कर्मचारी अन्यौलमा
सेयर गर्नुहोस्
०सेयर

कात्तिक ८ ।
जिल्ला हुलाक कार्यालयमा कार्यरत करारका कर्मचारी अवकाशपत्र पाएपछि अन्यौलमा परेका छन् । ७० जिल्लामा काम गरिरहेका हुलाकी र हल्कारालाई जिल्ला हुलाक कार्यालहरुले एकाएक अवकाशपत्र दिएपछि उनिहरु अन्यौलमा परेको हुन् ।

गएको आर्थिक वर्षको अन्तिममा सरकारले संगठन र व्यवस्थापन सर्वेक्षण गरेर नयाँ संगठन स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसै क्रममा हुलाकमा रहेको ८ हजार ६ सय दरबन्दीलाई ५ हजार ८ सयमा झारिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो ।

देशभर हाल ७० वटा हुलाक कार्यालय छन् भने ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा झन्डै १८ हजार कर्मचारी छन् । प्रविधिको विकासले हुलाकको काम प्रभावकारी हुन सकेको छैन । समय बदलिए पनि सरकारले सोही अनुसारको काम दिन नसक्दा हुलाक कार्यालयहरु काम विहिन बनेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।