२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आगलागीबाट तीन जना घाइते

आगलागीबाट तीन जना घाइते
सेयर गर्नुहोस्
०सेयर

कात्तिक १८ ।

मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।