२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महायज्ञमा दलितलाई निषेध

महायज्ञमा दलितलाई निषेध
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २९ ।

बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।

भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप महायज्ञ’ ११७ दिनको रहे पनि यज्ञमा प्रसौनीका दलित समुदायका व्यक्तिलाई हवनमा बस्न नदिएपछि स्थानीय दलित समुदायका व्यक्ति निरास बनेका छन् । महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका व्यक्ति हवनमा बस्दा अनिष्ट हुने अफवाह फैलाएपछि न्यायका लागि दलित समुदायका व्यक्ति प्रशासनमा गएका थिए । प्रशासनको भूमिकासमेत प्रभावकारी नहँुदा दलित समुदायको हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताउनुभयोे ।

महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनील गुप्ताले आज पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायका व्यक्तिलाई हवनमा बस्न कुनै किसिमको अवरोध नगरेको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताउनुभयोे । (रासस)

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।