
कात्तिक २९ ।
सन् २०२० को ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।
पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो ।
म्यान्मारको याङ्गुनस्थित थुवुन्ना रङ्गशालामा गत मंङ्गलबार भएको बङ्गलादेशविरुद्धको खेलमा १–१ को नतिजा निकालेर पनि नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो । एसियाली फुटबल महासङ्घ(एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो ।