मंसिर १३ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले विहिबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ६२ औँ स्थानमा पुगेको छ ।
गत महिना नेपाल १ सय ६१ औँ स्थानमा रहेको थियो । फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत ९७ औँ स्थानमा यथावत छ भने एक स्थान नै झरेको माल्दिभ्स १ सय ५२ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।
भुटान दुई स्थान उक्लदै १ सय ८६ औं, दुई स्थान सुधार गरेको बंगलादेश १ सय ९२ औँ, पाकिस्तान १ सय ९९ औँ र श्रीलंका २ सय १ औँ स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रोमा, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।











