
मंसिर १३ , धादिङ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ चरौंदीको खेल मैदानमा भोलिदेखि मिंसिर २३ गतेसम्म हुने धादिङ कृषि, पर्यटन तथा औद्यागिक मेला २०७५ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । धादिङ उद्योग वाणिज्य संघ, दक्षिणी क्षेत्रिय समितिको आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सह–आयोजनामा मेला हुन लागेको हो । मेलाको प्रोवायोटेक इष्डष्ट्रिज प्रा.लि. र दुवाडि एग्रोभट को मुख्य पायोजन रहेको छ । साथै सह–प्रायोजकमा टिफर व्यावसायि संघ र चरौंदि फलफुल तथा तरकारी सहकारी संस्था लि. रहेको छ । मेलाको उद्घाटन भोलि दिउँसो २ बजे पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) गर्ने कार्यतालिका रहेको पनि आयोजक संस्थाका अध्यक्ष वोदनाथ दुवाडिले जानकारी दिनुभएको छ । साथै मेलाको सह–आयोजक वेनीघाट रोराङ गाउँपालिकाले पनि मेलाको सम्पुर्ण तयारी पूरा भएको जनाउँदै भोलि एक दिन मेलालाइ सफल पार्नको निम्ती सार्वजनिक विदा दिएको जनाएको छ ।


“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ भोलिदेखि सुरु हुने मेलामा विशेष गरि कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, चेपाङ समुदायको मौलिक कला र संस्कृतिको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, जडिवुटी तथा वनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने छ । साथै महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहने छ ।

मेलामा १२० वटा स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । मेलामा धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराईनुका साथै विभिन्न जाती र समुदायहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी हुनेछ । महोत्सवको लागि प्रवेश शुल्क रु.७० र विद्यार्थी छुट सहित रु. ५० निर्धारण गरिएको छ । साथै मेलामा समूहमा आउने विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । मेलामा त्रिशुलि नदिमा करिब ७ किलोमिटर ¥याफ्टिङ, रमाइलो मेला बाल उढ्यान, उँटको नाच र प्रदर्शनी पनि रहेको हुँदा सम्पूर्ण जिल्लाबासिलाइ मेला अवलोकनको लागि आह्वान गरेको छ ।
