२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ए डिजिन लिगमा च्यासल र थ्री स्टारको जित

ए डिजिन लिगमा च्यासल र थ्री स्टारको जित
सेयर गर्नुहोस्
०सेयर

मंसिर १९ ।
बुधबार भएको ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले जित निकालेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २, १ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा पहिलो हाफमा १,० ले पछि परेको स्थिति उल्टाएर च्यासलले जित निकालेको हो । च्यासललाई जित दिलाउन सन्तोष साहुखलले एक गोल गर्नुभयो भने च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसंगै च्यासलले ६ खेलबाट ७ अंक जोडेको छ । र, च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।

यस्तै बुधबार भएको अर्को खेलमा थ्री स्टार क्लबलेसहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पाँचौ जित निकालेको छ । थ्री स्टारले सरस्वती युथ क्लबलाई २, १ गोल अन्तरले पराजित गरेको हो । जितसंगै थ्री स्टारले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । र, थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।