मंसिर २०, धादिङ ।
दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै बिहानै सदरमुकाम धादिङवेशीं नजिकै रहेको पशुपति मन्दिरमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ ।

सद्बिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सद्बिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । सद्बिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ ।

परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै धादिङको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सद्बिज छर्न जागराम बसेको थिए ।

Facebook Comments