२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ईपीएल क्रिकेटः आज दुई खेल हुँदै

ईपीएल क्रिकेटः आज दुई खेल हुँदै
सेयर गर्नुहोस्
०सेयर

मंसिर २९ ।
तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार दुई खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने शनिबारको पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा हुनेछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ । चितवनले ४ खेलबाट २ अंक जोडेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले एक अंक पनि जोड्न सकेको छैन ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।