मङ्सिर,२९, नुवाकोट ।

नुवाकोटको घ्याङफेदीमा शुक्रबार राती भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताउनुभएको छ । रातको अबेरसम्म घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमान्डौंल्याईएको छ ।

घाइते भएका १५ जनाको काठमान्डौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्युसंस्कारबाट गाउँ फर्कने क्रममा बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो । दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल रहेको तादी खोलामा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन ।

Facebook Comments